neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • स्वयम सेवक परिचालनलाई निरन्तरता दिदैं ट्राफिक महाशाखा

स्वयम सेवक परिचालनलाई निरन्तरता दिदैं ट्राफिक महाशाखा

Mar 22nd, 2021

काठमाडौ, चैत ९

उपत्यकाको ट्राफिक व्यवस्थापनलाई थप सहज, सुरक्षितएव व्यबस्थित बनाउने उद्देश्यले ट्राफिक प्रहरी महाशाखाले ट्राफिक स्वयंसेवक परिचालन गर्दै आएको छ ।

उपत्यकामा बर्षेनी सुरक्षित सडक प्रयोग नगर्दा धेरै पैदलयात्रुहरु दुर्घटनामा परि अनाहकमा ज्यान गुमाउनुको साथै ठुलो संख्यामा अंगभङ्ग हुने गरेको तथ्याङ्कबाट स्पष्ट देखिन्छ । सडक सुरक्षा तथा ट्राफिक नियमलाई बेवास्ता गरि लापरबाहि तरिकाले सडक पार गर्ने, जथाभावी हिड्डुल गर्दा दुर्घटनाको जोखिम उच्च रहने र समग्र सडक व्यवस्थापनमा समेत त्यसले असर गर्ने हुनाले त्यसलाई न्युनिकरण गर्न ट्राफिक स्वयंसेवक परिचालन एउटा प्रभावकारी उपाय हुने महाशाखाको अपेक्षा रहेको छ ।

महाशाखाले राष्ट्रिय सेवा दलका ५० जना र ट्रिनिटी कलेज र मेधावी कलेजका ४५ जना गरि ९५ जना बिद्यार्थीहरुलाई स्वयंमसेवक सम्बन्धी प्रशिक्षण दिइसवारी तथा पैद्लयात्रीको चाप हुने विभिन्न चोक जक्सन, आकाशेपुल र जेब्राक्रसिङमा १० दिन सम्म आजैदेखि परिचालन गरिने महाशाखाले छ ।

उपत्यकाको बढि सवारी चाप तथा पैदलयात्रुको भीडभाड हुने स्थानहरुमा सहजर सुरक्षित आवागमन गर्ने लक्ष्यसहित ट्राफिक स्वयंसेवक परिचालन गरिदै आएकोम हाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले बताए । त्यसरी खटिने ट्राफिक स्वयंसेवकले सुरक्षित तरिकाले बाटो काट्न सहयोग गर्नुका साथैआकाशेपुल तथा फुटपाथको प्रयोग नगर्ने पैदलयात्रुहरुलाई जथाभावी बाटो नकाट्न र नियमको पालना गर्न सन्देश प्रबाह गर्ने हेतु स्वयमसेवकले कार्य गर्ने एसएसपी भट्टराईले जानकारी दिए ।

केहि मिनेट मात्रै सवारी सञ्चालनमा सहज भयो भने पनि राहत महसुस हुनेहुँदा ट्राफिक स्वयंसेवकले त्यो वातावरण तयार पार्ने विश्वास व्यक्त गरे । जेब्रा क्रसिङ तथा जथाभावी बाटो काट्दा दुर्घटनामा परि मानिसको ज्यान गएको विगतको घटनाहरु सम्झदै उनले पैदलयात्रूको बढि भीडभाड हुने त्यस्ता क्षेत्रमा स्वयंसेवक परिचालन गरि उनीहरुलाई सुरक्षित यात्रा गराउन र सडक पार गर्न सहयोगी बन्ने समेत जानकारी दिए ।

यस अघि महाशाखाले बिभिन्न सँघसंस्था, स्कुल कलेजका बिद्यार्थीहरुलाई ट्राफिक स्वयमसेवक सम्बन्धी प्रशिक्षण दिई बिभिन्न चरणमा परिचालन गरिएको र त्यसको प्रभावकारिता सँगै यसलाई निरन्तरता दिएको बताएको छ । हाल बिभिन्न चरणहरुमा ६१९ जना स्वयंसेवकहरु परिचालन भैसकेका छन भने ५७ जना ले दैनिक काम गर्दै आएका छन ।

स्वयमसेवक परिचालन बाट काठमाडौंको ट्राफिक व्यवस्थापनमा आम जनमानसले थोरै भएपनि राहत महशुस गर्ने र पैदलयात्रुलाई सहजता मिल्ने महाशाखाको बुझाई छ । स्वयंसेवकको उपयोगिता एव प्रभावकरिता हेरेर आगामी दिनमा थपपरिचालन बढाउँदै लगिने महाशाखाले जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi