neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • सुआरेजको गोलमा एट्लेटिकोको जित ,शीर्ष स्थानमा ४ अंकको अग्रता

सुआरेजको गोलमा एट्लेटिकोको जित ,शीर्ष स्थानमा ४ अंकको अग्रता

Mar 22nd, 2021

आधारभूमि संवाददाता
काठमाडौं, चैत ९

स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको एट्लेटिको मड्रिडले ४ अंकको अग्रता बनाएको छ । आइतबार राति भएको खेलमा एट्लेटिको मड्रिडले एलाभेसलाई १-० गोलले पराजित गरेको हो ।

एट्लेटिको मड्रिडलाई जित दिलाउन लुइस सुआरेजले निर्णायक गोल गरे ।सुआरेजले दोस्रो हाफको ५४ औं मिनेटमा गोल गरेका हुन् ।

जितसँगै एट्लेटिकोले २८ खेलबाट ६६ अंक जोडेको छ र शीर्ष स्थानमा ४ अंकको अग्रता बनाएको छ ।दोस्रो स्थानको बार्सिलोनाको २८ खेलबाट ६२ अंक छ ।पराजित एलाभेसको २८ खेलबाट २३ अंक छ १९ औं स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi