neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • युनाईटेडलाई पराजित गर्दै लेष्टर सिटी एफए कपको सेमिफाइनलमा

युनाईटेडलाई पराजित गर्दै लेष्टर सिटी एफए कपको सेमिफाइनलमा

Mar 22nd, 2021

आधारभूमि संवाददाता
काठमाडौं, चैत ९
म्यानचेस्टर युनाईटेडलाई पराजित गर्दै लेष्टर सिटी एफए कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।आइतबार राति भएको खेलमा लेष्टर सिटीले म्यानचेस्टर युनाईटेडलाई ३-१ गोलले पराजित गरेको हो ।

लेष्टर सिटीलाई जित दिलाउन केलेचि इहानाचोले दुई र युरी टेलिमान्सले एक गोल गरे । म्यानचेस्टर युनाईटेडका मेसन ग्रीनवुडले एक गोल फर्काए ।

खेलको २४ औं मिनेटमा केलेचि इहानाचोले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। तर, ३८ औं मिनेटमा युनाईटेडका मेसन ग्रीनवुडले गोल गर्दै खेल बराबरीमा फर्काए ।

दोस्रो हाफको ५२ औं मिनेटमा युरी टेलिमान्सले गोल गर्दै टोलीलाई २-१ ले अघि बढाए।त्यसपछि ७८ औं मिनेटमा केलेचि इहानाचोले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ३-१ को जित दिलाए ।

जितसँगै लेष्टर सिटी ३९ वर्षपछि पहिलो पटक एफए कप फुटबलको सेमिफाइनलमा पुगेको हो। सेमिफाइनलमा अब लेष्टरले साउथह्याम्पटनसँग प्रतिस्पर्धा गर्नेछ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi