neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाको फराकिलो जित

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाको फराकिलो जित

Mar 22nd, 2021

आधारभूमि संवाददाता
काठमाडौं, चैत ९


स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले फराकिलो जित निकालेको छ ।आइतबार राति भएको खेलमा बार्सिलोनाले रियल सोसिडाडलाई ६-१ गोलले पराजित गरेको हो ।

बार्सिलोनालाई जित दिलाउन लियोनल मेस्सी र सर्गीओ डेस्टले दुई -दुई गोल गरे ।त्यस्तै एन्टोइन ग्रीजम्यान र ओसुमाने डेम्बेलेले एक-एक गोल गरे। सोसिडाडका एन्डर ब्यारेनेटक्सीले एक गोल फर्काए ।

खेलको ३७ औं मिनेटमा एन्टोइन ग्रीजम्यानले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए ।४३ औँ मिनेटमा सर्गीओ डेस्टले गोल गर्दै टोलीको अग्रता दोब्बर पारे ।

दोस्रो हाफको ५३ औं मिनेटमा सर्गीओ डेस्टले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई ३-० ले अघि बढाए।त्यसको तीन मिनेटपछि लियोनल मेस्सीले गोल गर्दै टोलीलाई ४-० ले अघि बढाए।

खेलको ७१ औं मिनेटमा ओसुमाने डेम्बेलेले गोल गर्दै टोलीलाई ५-० ले अघि बढाए।७७ औं मिनेटमा सोसिडाडका एन्डर ब्यारेनेटक्सीले एक गोल फर्काएका थिए ।

त्यसपछि खेलको ८९ औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ६-१ को सानदार जित दिलाए ।यस खेलसँगै मेस्सीले बार्सिलोनाका लागि सर्वाधिक ७६७ खेल खेल्ने जाभीको कीर्तिमान तोडेका छन् । मेस्सीले बार्सिलोनाका लागि ७६८ खेल खेलेका छन् ।

जितसंगै बार्सिलोनाले २८ खेलबाट ६२ अंक जोडेको छ र दोस्रो स्थानमा छ । शीर्ष स्थानको एट्लेटिको मड्रिडको २८ खेलबाट ६६ अंक छ । पराजित सोसिडाडको २८ खेलबाट ४५ अंक छ र पाँचौं स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi