neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

युभेन्ट्स घरेलु मैदानमा पराजित

Mar 21st, 2021

आधारभूमि संवाददाता
काठमाडौँ, ८ चैत

इटालियन सिरी (ए) फुटबलमा साविक विजेता युभेन्ट्सले हार व्यवरेको छ । आइतबार राति भएको खेलमा बेनेभेन्टोले युभेन्ट्सलाई उसकै घरेलु मैदानमा १-० गोलले पराजित गरेको हो ।

बेनेभेन्टोलाई जित दिलाउन एडोल्फो गाइचले विजयी गोल गरे । एडोल्फो गाइचले खेलको ६९ औँ मिनेटमा गोल गरेका हुन् ।घ

जितसंगै बेनेभेन्टोले २८ खेलबाट २९ अंक जोडेको छ र १६ औँ स्थानमा छ । पराजित युभेन्ट्सको २७ खेलबाट ५५ अंक छ र तेस्रो स्थानमा छ ।शीर्ष स्थानको इन्टर मिलानको २७ खेलबाट ६५ अंक छ । दोस्रो स्थानको एसी मिलानको २७ खेलबाट ५६ अंक छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi