neapl investment mega bank
  • गृहपृष्ठ
  • ऐनसेलमा करोड लगानी गरेर वर्षेनि अर्ब लाभांस बाहिरिदै , राज्य कर छलेको नाफा कि जनतालाई चर्काे शुल्क ?

ऐनसेलमा करोड लगानी गरेर वर्षेनि अर्ब लाभांस बाहिरिदै , राज्य कर छलेको नाफा कि जनतालाई चर्काे शुल्क ?

Mar 21st, 2021

आधारभूमि संवाददाता

काठमाडौं,चैत ८

ऐनसेलले जति स्कीमका अफर नेपालमा सायदै कसैले ल्याउदैन होला । स्कीकमा लोभाएर चर्काे शुल्क असुल्ने ऐनसेले जनताबाट कति रकम नाफा गरेको छ भन्ने त उसले प्रत्येक वर्ष बाहिर लगेको लाभांंसले देखाउँछ ।

ऐनसेलले अहिलेसम्म नेपालमा गरेको कुल लगानी ८ करोड हो । यो देखि बाहेकको २ करोड रुपैयाँ यहि नेपालबाट लगानी भएको भन्ने गरिन्छ । ल कुल रकम १० करोड मान्ने हो भने पनि यसले कमाएको लाभांस भने अर्बाेमा देखिन्छ । जनताबाट कति चर्काे शुल्क असुलिरहेको छ, र कसरी लुट मचाइरहेको छ ? यो हेरौ ।

ऐनसेलले यो वर्षको सात महिनामा १३ अर्ब ९७ करोड लाभांश लगेको छ । नेपालको ऐनसेल टेलिकम सेवामा वेस्ट इन्डिजको लगानी रहेको छ । जसले कर नतिरेका कारण र बाहिर नै सेयर खरिद बिक्री गर्ने गरेका कारण बेलाबेलाा बिबादित पनि हुने गरिरहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार, आर्थिक वर्ष २०७४/०७५ मा २८ अर्ब ५ करोड र २०७५/०७६ मा १२ अर्ब ४१ करोड लाभांश लगेको थियो ।

केहि वर्ष अगाडी करोडमा लगानी गरेका कम्पनीले अर्बमा लाभांश लानुले नेपालमा लगानी गर्याे भने उच्च प्रतिफल पाइन्छ भन्ने पुष्टि गर्छ । तर कुन क्षेत्रमा र कस्तो क्षेत्रमा लगानी गर्ने भन्ने चाहि जान्न जरुरी छ । तर यस्तो नाफा जनतालाई चर्काे शुल्क असुल्दा राज्य भने मौन छ । यहि भएका कारण सरकार जनता वा ब्यापारी को सँग लोयल छ भन्ने प्रष्ट हुन्छ ।

यसको लाभांस सरकारलाई तिर्नुपर्ने कर छलेर कमाएको धेरैको दाबी छ। बाहिर बाहिरै सेयर खरिद बिक्री गरेर राज्यलाई कर छल्ने प्रयास गरेको त कतै लुक्न सक्दैननै ।

गरे टेलिकम्युनिकेसन् क्षेत्रमा गरिने लगानी अत्यन्त न्युन हुन्छ र प्रतिफल उच्च हुन्छ । तर यहाँ त ४० रुपैयाँ ऋण दिदा २ रुपैयाँ ब्याज जोडिन्छ , यो भन्दा चर्काे ब्याज कहाँ होला ?

तर यसले मात्रै होइन राष्ट्र बैंकका अनुसार, यो वर्ष १३ कम्पनीले १९ अर्ब १८ करोड रुपैयाँ लाभांश लगेका छन् । यो सगैँ लाभांशवापत् मुलुकबाट बाहिरिने रकम ह्वात्तै बढेको देखिएको छ।

त्यस्तै नेपाल राष्ट्र बैंकका अनुसार विदेशी लगानीका २२ कम्पनीले गत आर्थिक वर्षको सात महिनामा मात्र ९ अर्ब ९४ करोड रुपैयाँ लाभांश लगेका थिए । सूर्य नेपालमा लगानी रहेको भारतीय कम्पनी आईटीसी लिमिटेडले मात्र ५ अर्ब ५२ करोड लगेको थियो । यसपालि वैदेशिक लगानीका १३ वटा कम्पनीले एक वर्षमै १९ अर्ब रुपैयाँभन्दा बढी लाभांश विदेश लगेका छन् ।