neapl investment mega bank
  • गृहपृष्ठ
  • सिद्धार्थ बैंकका ग्राहकहरुलाई सम्यक डायग्नोस्टिकमा १५ प्रतिसत छुट

सिद्धार्थ बैंकका ग्राहकहरुलाई सम्यक डायग्नोस्टिकमा १५ प्रतिसत छुट

Mar 21st, 2021

काठमाडौ, चैत ८

सिद्घार्थ बैंक लिमिटेड र ललितपुरको जावलाखेल स्थित सम्यक डायग्नोस्टिक प्रा.लि.बीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौता अनुसार बैंकका ग्राहकहरुले जावलाखेल, बानेश्वर र भक्तपुरमा रहेको सम्यक डायग्नोस्टिक प्रा।लि।मा डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाईल बैैंकिङ्ग, इन्टरनेट बैैंकिङ्ग प्रयोग बापत ईन हाउस प्याथोलोजि सेवामा १५ प्रतिसतसम्मको छुट प्राप्त गर्न सक्नेछन । यो सुविधाले ग्राहकहरुलाई छुटको सुविधा उपलब्ध हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

बैंकले डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाईल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग लगायतका डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न विभिन्न समयमा ग्राहकमैत्री सुविधाहरु तथा क्यास ब्याक योजनाहरु सञ्चालनमा ल्याउँदै आएको छ ।