neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • म्यानचेस्टर सिटी एफए कप फुटबलको सेमिफाइनलमा

म्यानचेस्टर सिटी एफए कप फुटबलको सेमिफाइनलमा

Mar 21st, 2021

आधारभूमि संवाददाता
काठमाडौं, चैत ८


म्यानचेस्टर सिटी एफए कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।सिटीले शनिबार राति
भएको खेलमा एभरटनलाई २–० गोलले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।

सिटीलाई जित दिलाउन ईल्के गुन्डोगान र केविन डी ब्रुएनले एक-एक गोल गरे ।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको ८४ औँ मिनेटमा सिटीका ईल्के गुन्डोगानले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको ९० औं मिनेटमा केविन डी ब्रुएनले गोल गर्दै टोलीलाई २-० को जित दिलाए ।

जितसँगै सिटी एफए कपको सेमिफाइनलमा पुगेको हो ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi