neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

रियलको सहज जित ,बेन्जिमाले गरे दुई गोल

Mar 20th, 2021

आधारभूमि संवाददाता
काठमाडौं, चैत ७

स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा रियलले सेल्टा डी भिगोलाई ३ -१ गोलले पराजित गरेको हो ।

रियललाई जित दिलाउन करिम बेन्जिमाले दुई र मार्को एसेन्सिओले एक गोल गरे।सेल्टा भिगोका सान्ती मीनाले एक गोल फर्काए ।

खेलको २० औँ मिनेटमा करिम बेन्जिमाले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । ३० औँ बेन्जिमाले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर पारे ।

खेलको ४० औँ मिनेटमा सेल्टा भिगोका सान्ती मीनाले गोल गर्दै २-१ को स्थितिमा ल्याए ।

त्यसपछि दोस्रो हाफोको इन्जुरी समयमा मार्को एसेन्सिओले गोल गर्दै टोलीलाई ३-१ को जित दिलाए ।

जितसंगै रियलले २८ खेलबाट ६० अंक जोडेको छ र दोस्रो स्थानमा छ । पराजित सेल्टा डी भिगोको २८ खेलबाट ३४ अंक छ र ११ औं स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi