neapl investment mega bank
  • गृहपृष्ठ
  • ३ हजार १ सय ६१ को नमूना परीक्षण गर्दा १ सय २५ जनामा कोरोना सङ्क्रमण

३ हजार १ सय ६१ को नमूना परीक्षण गर्दा १ सय २५ जनामा कोरोना सङ्क्रमण

Mar 19th, 2021

आधारभूमि संवाददाता

काठमाडौँ, ६ चैत

शुक्रबार थप १ सय २५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा ३ हजार १ सय ६१ जनाको नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यो सँगै हालसम्म सङ्क्रमितको सङ्ख्या दुई लाख ७५ हजार ७ सय ५० पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ३ हजार १ सय ६१ जनाको परीक्षण भएको छ । क्वारिन्टिनमा रहेका व्यक्तिहरुको सङ्ख्या ५१ रहेको छ । कोरोना सक्रिय संक्रमितको संख्या १ हजार १ जना छन् । हालसम्म २२ लाख ३० हजार ७ सय ८ जनाको पीसीआर परीक्षण गरिएको छ।

थप १२३ जना डिस्चार्ज

नेपालमा पछिल्लो २४ घण्टामा १२३ जनाले कोरोना जितेका छन् ।

योसँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या दुई लाख ७१ हजार ७ सय ३३ पुगेको छ ।नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार १६ पुगेको छ।