neapl investment mega bank

सिद्धार्थ बैंकको नँया शाखा मोरङमा

Nov 18th, 2019

काठमाडौं, २ मंसिर
सिद्घार्थ बैंकले सोमबार मोरङको ट्राफिक चोकमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले सर्वसाधारण तथा उद्यमीेमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यले उक्त शाखा सञ्चालनमा ल्याएको बैंकले जनाएको छ ।

उक्त शाखा विस्तार पश्चात् सिद्घार्थ बैंकको कुल शाखा सञ्जाल संख्या १७२ (४ एक्स्टेन्सन् काउन्टर सहित) पुगेको छ । बैंकले १०१ शाखारहित बैंकिङ्ग सेवा, १८७ एटिएम र १,६०० भन्दा बढी पस मेसिनका साथै बैंकले निक्षेप तथाकर्जा सुविधा, घरमै बसेर बैंक खाता खोल्न सकिने अनलाइन सुविधा, रेमिटेन्स सेवा, भिजा एटिएम कार्ड सेवाका मार्फत् उच्चस्तरिय बैंकिङ्ग सेवा प्रदान गर्दै आएको बैंकले जनाएको छ ।