neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • प्रधान सेनापति तथा सैनिक श्रीमती संघका अध्यक्षबाट नवनिर्मित प्रसुति केन्द्रको समुद्घाटन

प्रधान सेनापति तथा सैनिक श्रीमती संघका अध्यक्षबाट नवनिर्मित प्रसुति केन्द्रको समुद्घाटन

Mar 18th, 2021

काठमाडौ, चैत ५

सैनिक श्रीमती संघको सहयोग तथा मध्य पृतना हे.क्वा.को प्रत्यक्ष निगरानीमा मकवानपुर जिल्लाको कैलाश गाउँपालिका वडा नं.८, भार्तामा निर्माण गरिएको प्रसुति केन्द्रको बुधबार प्रधान सेनापति महारथी पूर्ण चन्द्र थापा तथा सैनिक श्रीमती संघकी अध्यक्ष दिपा थापाद्वारा संयुक्त रुपमा शिलालेख अनावरण, भवनको समुद्घातटन तथा कैलाश गाउँपालिकाका अध्यक्षलाई हस्तान्तरण गरिएको छ ।

पुरानो गोरख गणका गणपतिबाट निर्माणकार्य सम्बन्धी संक्षिप्त प्रस्तुती तथा गाउँपालिकाका अध्यक्षको स्वागत मन्तव्यबाट शुरु भएको सो कार्यक्रममा सम्बोधन गर्दे प्रधान सेनापति थापाले विविध जनहितकारी कार्यक्रम अन्तर्गत सैनिक श्रीमती संघद्वारा निर्माण सम्पन्न भएको प्रसूति केन्द्रबाट आगामी दिनहरुमा गुणस्तरीय प्रजनन् सेवा प्रदान गर्दै उक्त क्षेत्रमा बसोबास गर्ने आमा तथा नवजात् शिशुहरुको स्वास्थ्यमा उल्लेख्य सुधार ल्याउने अपेक्षा व्यक्त गरे । उनले नेपालको संविधानप्रदत्त महिलाको सुरक्षित् मातृत्व तथा प्रजनन् स्वास्थ्यसम्बन्धी हकको सम्मान, संरक्षण र परिपूर्तिका लागि नेपाल सरकारले लिएका पहलहरुमा सहयोग पुग्ने विश्वास ब्यक्त गरे । सोही क्रममा प्रधान सेनापति थापाले इतिहासका हरेक कालखण्डमा नेपाल र नेपालीको हित र स्वार्थका लागि नेपाली सेना समर्पित् रहंदै आएको जनाउनु हुँदै मानवीय सेवामा समर्पित् उक्त “कोपिला प्रसूति केन्द्र“ नेपाली सेनाले स्थानिय पालिकालाई हस्तान्तरण गरेको जानकारी गराए । बिपन्न वर्गका स्थानीय बासिन्दाहरुलाई राहत बितरण तथा मातृशिशु मृत्युदर बढी रहेको स्थानलाई छनौट गरि प्रसुति केन्द्र निर्माण गरेकोमा नेपाली सेना साँच्चै जनताको सेना भएको आभास भएको बताउँदै गाउँपालिकाका अध्यक्षले नेपाली सेनाको मुक्त कण्ठले प्रशंसा गरेका थिए ।

सोही गाँउपालिकाका विपन्न वर्गका स्थानीय बासिन्दालाई राहत स्वरुप ५०० गोटा मण्डी समेत बितरण गरिएको उक्त समारोहमा सम्बोधन गर्नु हुँदै सैनिक श्रीमती संघकी अध्यक्ष थापाले सामाजिक एवं कल्याणकारी कार्यलाई निरन्तरता दिने क्रममा मातृशिशु मृत्यु दर अधिक रहेको मकवानपुर जिल्लाको कैलाश गाउँपालिकाको पहिचान गरि सुरक्षित प्रसूति ः सुन्दर सृष्टि भन्ने नाराका साथ उक्त केन्द्र निर्माण भएको बताए ।

नेपाली सेनाका रथीवृन्द, सैनिक श्रीमती संघका पदाधिकारीहरु, कैलाश गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष, जनप्रतिनिधिहरु एवं स्थानीयहरुको उल्लेख्य उपस्थिती रहेको उक्त कार्यक्रममा प्रधान सेनापति थापाले निर्माण कार्यमा अहोरात्र खटिएका पृतना हे.क्वा., बाहिनी अड्डाउ, गण तथा स्थपति सेवाका सकलदर्जालाई प्रधान सेनापति प्रशंसा निशान तथा संघकी अध्यक्षबाट मोमेन्टो प्रदान गरेका थिए । सोही क्रममा श्रीमती संघकी अध्यक्ष थापाले प्रसुति केन्द्रलाई मण्डी लगायत विभिन्नय सामान तथा सहयोगीहरुलाई प्रशंसा पत्र समेत प्रदान गरेका थिए ।

सिमित स्रोत साधनका बाबजुद सैनिक श्रीमती संघबाट संचालन भएका यस प्रकारका निर्माणले मानव कल्याणकारी कार्यमा योगदान पुग्ने तथा सैनिक नागरिक सम्बन्ध समेत सुमधुर हुने विश्वाास नेपाली सेनाले लिएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi