neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • बायर्न म्युनिख च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा

बायर्न म्युनिख च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा

Mar 18th, 2021

आधारभूमि संवाददाता
काठमाडौं, चैत ५

बायर्न म्युनिख च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।बुधबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा बायर्नले लाजियोलाई २-१ गोलले पराजित गर्दै समग्रमा ६-२ को जितसहित क्वाटरफाइनलमा प्रवेश गरेको हो ।पहिलो लेगमा बायर्नले लाजियोलाई ४-१ गोलले पराजित गरेको थियो।

बुधबार राति भएको दोस्रो लेगमा बायर्नलाई जित दिलाउन रोबर्ट लेवान्डोव्स्की र एरिक म्याक्सिमले एक-एक गोल गरे ।लाजियोका मार्को पारोलोले एक गोल फर्काए ।

खेलको ३३ औं मिनेटमा लेवान्डोव्स्कीले पेनाल्टीमा गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

दोस्रो हाफको ७३ औं मिनेटमा बायर्नका एरिक म्याक्सिमले गोल गर्दै टोलीको अग्रता दोब्बर पारे ।

खेलको ८२ औं मिनेटमा लाजियोका मार्को पारोलोले एक गोल फर्काएका थिए । त्यसपछि कुनै गोल हुन सकेन र बायर्नले जित निकालेको हो ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi