neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • सात वर्षपछि चेल्सी च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा

सात वर्षपछि चेल्सी च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा

Mar 18th, 2021

आधारभूमि संवाददाता
काठमाडौं, चैत ५

चेल्सी सात वर्षपछि च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।बुधबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा चेल्सीले एट्लेटिको मड्रिडलाई २-० गोलले पराजित गर्दै समग्रमा ३-० को जितसहित क्वाटरफाइनलमा प्रवेश गरेको हो ।पहिलो लेगमा चेल्सीले एट्लेटिकोलाई २-० गोलले पराजित गरेको थियो।

बुधबार राति भएको दोस्रो लेगमा चेल्सीलाई जित दिलाउन हकीम ज़ियाच र इेइमर्सन पाल्मीरीले एक-एक गोल गरे ।

खेलको ३४ औं मिनेटमा हकीम ज़ियाचले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

खेलको ८१ औं मिनेटमा एट्लेटिको मड्रिड १० खेलाडीमा सीमित भएको थियो । स्टेफन साभिकले दोस्रो पहेँलो कार्ड पाउँदै मैदान छाड्न परेको थियो।

त्यसपछि इन्जुरी समयमा इेइमर्सन पाल्मीरीले गोल गर्दै टोलीलाई २-० को सहज जित दिलाए ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi