neapl investment mega bank
  • गृहपृष्ठ
  • २ हजार ७ सय ८१ को नमूना परीक्षण गर्दा ९४ जनामा कोरोना सङ्क्रमण

२ हजार ७ सय ८१ को नमूना परीक्षण गर्दा ९४ जनामा कोरोना सङ्क्रमण

Mar 17th, 2021

आधारभूमि संवाददाता

काठमाडौँ, ४ चैत

बुधवार थप ९४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा २ हजार ७ सय ८१ जनाको नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यो सँगै हालसम्म सङ्क्रमितको सङ्ख्या दुई लाख ७५ हजार ५ सय १८ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट २ हजार ७ सय ८१ जनाको परीक्षण भएको छ । क्वारिन्टिनमा रहेका व्यक्तिहरुको सङ्ख्या ४९ रहेको छ । कोरोना सक्रिय संक्रमितको संख्या ९ सय ५४ जना छन् । हालसम्म २२ लाख २४ हजार २ सय ९३ जनाको पीसीआर परीक्षण गरिएको छ।

थप ५५ जना डिस्चार्ज

नेपालमा पछिल्लो २४ घण्टामा ५५ जनाले कोरोना जितेका छन् ।

योसँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या दुई लाख ७१ हजार ५ सय ५० पुगेको छ ।नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार १४ पुगेको छ।