neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • म्यानचेस्टर सिटी च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा

म्यानचेस्टर सिटी च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा

Mar 17th, 2021

आधारभूमि संवाददाता
काठमाडौं, चैत ४

म्यानचेस्टर सिटी च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।मंगलबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा सिटीले बोरुसिया मोन्चेङ्लद्बचलाई २-० गोलले पराजित गर्दै समग्रमा ४-० को जितसहित क्वाटरफाइनलमा प्रवेश गरेको हो ।पहिलो लेगमा पनि सिटीले मोन्चेङ्लद्बचलाई २-० गोलले पराजित गरेको थियो।

मंगलबार राति भएको दोस्रो लेगमा सिटीलाई जित दिलाउन केविन डी ब्रुएन र इल्कय गुन्डोगानले एक-एक गोल गरे ।

खेलको १२ औं मिनेटमा केविन डी ब्रुएनले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको १८ औं मिनेटमा गुन्डोगानले गोल गर्दै टोलीलाई २-० को सहज जित दिलाए ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi