neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

रियल मड्रिड क्वाटरफाइनलमा

Mar 17th, 2021

आधारभूमि संवाददाता
काठमाडौं, चैत ४


रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।मंगलबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा रियल मड्रिडले एट्लान्टालाई ३-१ गोलले पराजित गर्दै समग्रमा ४-१ को जितसहित क्वाटरफाइनलमा प्रवेश गरेको हो ।पहिलो लेगमा रियल मड्रिडले एट्लान्टालाई १-० गोलले पराजित गरेको थियो।

मंगलबार राति भएको दोस्रो लेगमा रियललाई जित दिलाउन करिम बेन्जिमा,सर्जियो रामोस र मार्को एसेन्सिओले एक-एक गोल गरे ।एट्लान्टाका लुइस फर्नांडो मूरिएलले एक गोल
गरे ।

खेलको ३४ औं मिनेटमा करिम बेन्जिमाले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

दोस्रो हाफको ६० औं मिनेटमा कप्तान सर्जियो रामोसले पेनाल्टीमा गोल गर्दै टोलीको अग्रता दोब्बर पारे ।

खेलको ८३ औं मिनेटमा एट्लान्टाका लुइस फर्नांडो मूरिएलले गोल गर्दै २-१ को स्थितिमा ल्याए ।लगत्तै ८४ औं मिनेटमा रियलका मार्को एसेन्सिओले गोल गर्दै टोलीलाई ३-१ को जित दिलाए ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi