neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • पेट्रोलियम पदार्थ अपचलन गरी राजश्व चुहावट गर्ने २ जना पक्राउ

पेट्रोलियम पदार्थ अपचलन गरी राजश्व चुहावट गर्ने २ जना पक्राउ

Mar 15th, 2021

मोरङ, २ चैत

पेट्रोलियम पदार्थ अपचलन गरी राजश्व चुहावट गरेको अभियोगमा को.१ ख ५९१२ नम्बरको पेट्रोलियम ट्याङकरका चालक भारत अररिया मिरगन्ज बस्ने २६ वर्षीय मोहमद सजाद र सोही ठाउँ बस्ने २१ वर्षीय ईमरोज आलमलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

विराटनगर महानगरपालिका-४ कन्चनबारीस्थित नेपाल आयल निगम १ नम्बर प्रदेश कार्यालयमा गत शनिबार उनीहरूले उक्त नम्बरको ट्याङकरमा निगमको विनियम तथा प्रचलित कानून विपरित पेट्रोलियम पदार्थ अपचलन गरी राजश्व चुहावट गरेको अनुसन्धानबाट खुल्न आएपछि उनीहरुलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले प्रकाउ गरेको हो ।

उनीहरूलाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय ईटहरी सुनसरीमा बुझाइने जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi