neapl investment mega bank
  • गृहपृष्ठ
  • ३ हजार ३ सय ११ को नमूना परीक्षण गर्दा ७९ जनामा कोरोना सङ्क्रमण

३ हजार ३ सय ११ को नमूना परीक्षण गर्दा ७९ जनामा कोरोना सङ्क्रमण

Mar 15th, 2021

आधारभूमि संवाददाता

काठमाडौँ, २ चैत

सोमबार थप ७९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा ३ हजार ३ सय ११ जनाको नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यो सँगै हालसम्म सङ्क्रमितको सङ्ख्या दुई लाख ७५ हजार ३ सय १० पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ३ हजार ३ सय ११ जनाको परीक्षण भएको छ । क्वारिन्टिनमा रहेका व्यक्तिहरुको सङ्ख्या ४४ रहेको छ । कोरोना सक्रिय संक्रमितको संख्या ८ सय ९५ जना छन् । हालसम्म २२ लाख १८ हजार ७ सय २२ जनाको पीसीआर परीक्षण गरिएको छ।

थप ७५ जना डिस्चार्ज

नेपालमा पछिल्लो २४ घण्टामा ७५ जनाले कोरोना जितेका छन् ।

योसँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या दुई लाख ७१ हजार ४ सय १ पुगेको छ ।नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार १४ पुगेको छ।