neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • शीर्ष स्थानको इन्टर मिलानलाई ९ अंकको अग्रता

शीर्ष स्थानको इन्टर मिलानलाई ९ अंकको अग्रता

Mar 15th, 2021

आधारभूमि संवाददाता
काठमाडौं, चैत २

इटालियन सिरि ए फुटबलमा शीर्ष स्थानको इन्टर मिलानले ९ अंकको अग्रता बनाएको छ । आइतबार राति भएको खेलमा इन्टर मिलानले टोरिनोलाई २-१ गोलले पराजित गरेको हो ।

मिलानलाई जित दिलाउन रोमेलु लुकाकू र लौटारो मार्टिनेजले एक-एक गोल गरे।टोरिनोको एन्टोनियो सनाब्रियाले एक गोल गरेका थिए।

खेलको ६२ औं मिनेटमा रोमेलु लुकाकूले पेनाल्टीमा गोल गर्दै मिलानलाई अग्रता दिलाएका थिए ।तर,७० औं मिनेटमा टोरिनोका एन्टोनियो सनाब्रियाले गोल गर्दै खेल बराबरीमा फर्काए ।

त्यसपछि खेलको ८५ औं मिनेटमा लौटारो मार्टिनेजले गोल गर्दै मिलानलाई २-१ ले अघि बढाए।त्यसपछि कुनै गोल हुन सकेन र मिलानले जित निकालेको हो ।

जितसँगै मिलानले २७ खेलबाट ६५ अंक जोडेको छ र शीर्ष स्थानमा ९ अंकको अग्रता बनाएको छ ।पराजित टोरिनोको २५ खेलबाट २० अंक छ र १८ औं स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi