neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

फ्रेन्च लिग वान फुटबलमा पीएसजी पराजित

Mar 15th, 2021

आधारभूमि संवाददाता

काठमाडौं, चैत २

फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) पराजित भएको छ ।आइतबार राति भएको खेलमा नान्ट्सले पीएसजीलाई उसकै घरेलु मैदानमा २-१ गोलले पराजित गरेको हो ।

नान्ट्सलाई जित दिलाउन रान्डल कोलो र मोशा साइमनले एक-एक गोल गरे ।पीएसजीको जुलियन ड्रक्सलरले एक गोल गरे ।

खेलमा पहिलो अग्रता भने पीएसजीले लिएको थियो।खेलको ४२ औँ मिनेटमा जुलियन ड्रक्सलरले गोल गर्दै पीएसजीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

दोस्रो हाफको ५९ औं मिनेटमा नान्ट्सका रान्डल कोलोले गोल गर्दै खेल बराबरीमा फर्काए ।त्यसपछि ७१ औं मिनेटमा नान्ट्सका मोशा साइमनले गोल गर्दै टोलीलाई २-१ को जित दिलाए ।

जितसंगै नान्ट्सले २९ खेलबाट २७ अंक जोडेको छ र १८ औं स्थानमा छ । पराजित पीएसजीले २९ खेलबाट ६० अंक जोडेको छ र दोस्रो स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi