neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • नेपाल इन्जिनियरिङ कलेजमा खेलकुद सप्ताह सुरु

नेपाल इन्जिनियरिङ कलेजमा खेलकुद सप्ताह सुरु

Mar 14th, 2021

भक्तपुर, चैत १

नेपाल इन्जिनियरिङ कलेज दुवाकोट चाँंगुनारायण भक्तपुरमा आइतबारदेखि खेलकुद सप्ताह २०७७ सुरु भएको छ । खेलकुद सप्ताह अन्तर्गत १५ वटा विभिन्न खेलहरु सुरु गरिएका छन् । फुटवल, भलिवल, व्याटमिन्टन, एथलेटिक्स, टेवुल टेनिस, म्याराथुन, कपर्दी, डोरी तान्ने खेल, हाइ जम्प, लङ जम्पलगायतका १५ वटा खेलकुदहरु सुरु भएका हुन् ।

कलेजका प्राचार्य डा हरिकृष्ण श्रेष्ठले प्रतियोगितामा कलेजका दुई हजार विद्यार्थीहरुको सहभागिता रहने जनाए । प्रत्येक वर्ष जस्तै यस वर्ष पनि खेलकुद सप्ताह सुरु भएको कलेजले जनाएको छ । विगत वर्षहरुमा १४ वटा वटा प्रतियोगिताहरु हुने गरेकोमा यसवर्ष थप एक वटासहित १५ वटा प्रतियोगिताहरु भएको कलेजको खेलकुद सप्ताह २०७७ का सदस्य सचिव शंकल्प पोखरेलले बताए ।

प्रतियोगितामा उत्कृष्ट विद्यार्थीहरुलाई खेलकुद सप्ताहको अन्तिम दिन पुरस्कार प्रदान गरिने जनाइएको छ । उनीहरुलाई शिल्ड, मेडल तथा प्रमाणपत्र प्रमाणपत्र प्रदान गरिने जनाइएको छ । कलेजका प्राचार्य डा श्रेष्ठले आइतबार विहान फुटवल हानेर सप्ताहको शुभारम्भ गरेका थिए ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi