neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • रकम खातामा विकास कागजमा , वर्षको आठ महिना बित्दा विकास खर्च जम्मा २२ प्रतिशत

रकम खातामा विकास कागजमा , वर्षको आठ महिना बित्दा विकास खर्च जम्मा २२ प्रतिशत

Mar 14th, 2021

आधारभूमि संवाददाता

काठमाडौं, चैत १

सरकारले यो वर्षको आठ महिना बिताएको छ । तर बिकास निर्माणमा गर्नुुपर्ने खर्च भने अहिलेसम्म जम्मा २२ प्रतिशत मात्रै खर्च गरेको छ ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार सरकारले यो वर्ष बिकास निर्माणका लागि भनेर ३ खर्ब ५२ अर्ब छुट्टाएकामा ८ महिना बित्दा सम्म जम्मा २२ प्रतिशत अर्थात ७९ अर्ब ६९ करोड मात्रै खर्च भएको छ । यता राजस्व भने अहिलेसम्म ५ खर्ब ६९ अर्ब अर्थात लक्ष्यको ५६ प्रतिशत उठिसकेको छ ।

वर्षको अन्त्यमा निर्माणका काम अघि बढाउने बिगतको निरन्तरता त छदैछ खर्च गर्नका लागि तयार नभएका आयोजनामा समेत खर्च छुट्याउँदा यस्तो स्थिती सिर्जना भएको हो ।

तर सरकारले बिकास निर्माणका लागि भनेर आन्तरिक तथा बाह्य ऋण भने उठाइसकेको छ

अधिक तरलता भएको स्थितीमा सरकारले सस्तो ब्याजदरमा ऋण उठाउन आन्तरिक ऋण त उठायो तर खर्च गर्न भने सकेको छैन । यता सरकारको ढुुकुटीमा अहिले ८५ अर्ब रकम थुप्रिएको छ ।

बिकास निर्माणका लागि आवश्यक रकम जुटाउन प्रयोग हुने आन्तरिक ऋण गत वर्ष चैत मसान्तबाट उठाउन सुरु गरेकोमा सरकारले यो वर्ष अहिलेसम्म नै १ खर्ब २२ अर्ब उठाइसकेको छ ।

राजस्व पनि गत वर्षभन्दा राम्रै उठेका समयमा पनि बिकास निर्माणमा गर्ने खर्च भने अहिलेसम्म जम्मा २२ प्रतिशत मात्रै खर्च गरेको छ।

सरकारले यो वर्ष २ खर्ब २५ अर्ब आन्तरिक ऋण उठाउने लक्ष्य राखेको छ । जसमध्ये अहिलेसम्म १ सय १२ अर्ब ५२ करोड उठाइसकेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार , यस्तो ऋण १ खर्ब १३ अर्ब उठाउने लक्ष्य लिएकामा बिकास ऋणपत्रबाट ९० अर्ब, ट्रेजरी बिलबाट २० अर्ब ५० करोड , नागरिक बचतपबाट २ अर्ब र बैदेशिक रोजगार बचतपत्रबाट दुई करोड मात्रै उठाएको छ ।

बैदेशिक रोजगारबचतपत्र बिक्री नभएका कारण राष्ट्र बैंकले तालिकामा तोके बमोजिम ऋण उठाउन नसकेपनि ऋण समग्रमा आन्तरिक ऋण राम्रो उठेको छ ।

यता झन्डै ३ खर्ब उठाउने बैदेशिक ऋणपनि ६५ अर्ब बराबरको उठेको छ। तर बिगत हेर्ने हो भने सरकारले यस्तो बैदेशिक ऋण खर्च गर्न नसकेका कारण १ खर्ब भन्दा बढि प्राप्त गरेको स्थिती छैन ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi