neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक के.सी.बाट तालिम समापन

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक के.सी.बाट तालिम समापन

Mar 12th, 2021

काठमाडौं, फागुुन २८

राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थ काठमाडौंमा सिनियर अधिकृतहरुको लागि संचालित सि.सं. २ सीमा सुरक्षा तथा व्यवस्थापन तालिम (सिनियर अधिकृत) सम्पन्न भएको छ ।
सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पुष्पराम के.सी.ले सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोकमा फागुन २८ गते आयोजित एक समारोहकावीच सो तालिमको समापन गर्नुभयो । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पुष्पराम के.सी.ले त्यसअवसरमा तालिमका उत्कृष्ट प्रशिक्षार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र समेत प्रदान गर्नुभयो ।

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक के.सी.ले संगठनलाई प्राप्त विभिन्न म्याण्डेडहरु मध्ये सीमा सुरक्षा एक महत्वपूर्ण म्याण्डेड भएको उल्लेख गर्नुहुँदै सीमा सुरक्षालाई विशेष महत्व दिँदै आगामी दिनहरु यस किसिमको तालिमलाई अझ परिस्कृत ढंगले लैजाने बताउनुभयो । उहाँले चेन अफ कमाण्ड कुनै पनि फौजी संगठनको मेरुदण्ड भएको उल्लेख गर्नुहुँदै चेन अफ कमाण्डको पालना गर्दै राष्ट्र र संगठनले लिएको लक्ष्य प्राप्तीका लागि संगठनमा आवद्ध राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुले ईमान्दारीतापूर्वक कार्यक्षेत्रमा परिचालित भई आ–आफ्नो तहबाट योगदान पु¥याउनुपर्ने उल्लेख गर्नुभयो ।

उहाँले प्रशिक्षार्थीहरुले तालिमको दौरान आर्जन गरेको ज्ञानलाई कार्यक्षेत्रमा परिचालित हुँदा भरपूर उपयोग गर्नुका साथै आफुभन्दा पछिल्लो पिडीलाई समेत सिकाउँदै पूर्ण व्यावसायीक तवरले निःस्वार्थ भएर जिम्मेवारीलाई निर्वाहमा कृयाशिल रहन निर्देशन दिनुभयो ।

कार्यक्रममा सशस्त्र प्रहरी निरीक्षक बिकास अधिकारीले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सो तालिममा सशस्त्र प्रहरी नायव उपरीक्षक भानुभक्त लम्साल सर्वप्रथम भएका छन् । करीब ६ हप्ता अवधिको सो तालिममा १३ जना सशस्त्र प्रहरी नायव उपरीक्षक र १४ जना सशस्त्र प्रहरी निरीक्षकसहित कूल २७ जना सिनियर अधिकृतहरु प्रशिक्षार्थीको रुपमा सहभागी रहेका थिए ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi