neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

पहिलो लेगमा आर्सनलको सहज जित

Mar 12th, 2021

आधारभूमि संवाददाता
काठमाडौ, फागुुन २८

युरोपा लिग फुटबलको अन्तिम १६ को पहिलो लेगमा आर्सनलले सहज जित निकालेको छ । बिहीबार राति भएको खेलमा आर्सनलले ओलम्पियाकोसलाई ३-१ गोलले पराजित गरेको हो ।

आर्सनललाई जित दिलाउन मार्टिन ओडेगार्ड ,गेब्रियल र मोहम्मद एल्नेनीले एक-एक गोल गरे।ओलम्पियाकोसका यूसुफ एल-अरबीले एक गोल गरे।

खेलको ३४ औँ मिनेटमा मार्टिन ओडेगार्डले गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाएका थिए । दोस्रो हाफको ५८ औं मिनेटमा ओलम्पियाकोसका यूसुफ एल-अरबीले गोल गर्दै खेल बराबरीमा फर्काए ।

खेलको ७९ औँ मिनेटमा आर्सनलका गेब्रियलले गोल गर्दै टोलीलाई २-१ ले अघि बढाए।त्यसपछि ८५ औं मिनेटमा मोहम्मद एल्नेनीले गोल गर्दै आर्सनललाई ३-१ को सहज जित दिलाए ।

जितसंगै आर्सनलको अन्तिम आठमा पुग्ने सम्भावना बलियो छ ।

अब दोस्रो लेग मार्च १८ मा आर्सनलको घरेलु मैदानमा हुनेछ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi