neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

टोटनह्यामको जितमा केनले गरे दुई गोल

Mar 12th, 2021

आधारभूमि संवाददाता
काठमाडौ, फागुुन २८

युरोपा लिग फुटबलको अन्तिम १६ को पहिलो लेगमा टोटनह्यामले सहज जित निकालेको छ । बिहीबार राति भएको खेलमा टोटनह्यामले डाइनमो जाग्रेबलाई २-० गोलले पराजित गरेको हो ।

टोटनह्यामलाई जित दिलाउन ह्यारी केनले दुई गोल गरे।

खेलको २५ औँ मिनेटमा केनले गोल गर्दै टोटनह्यामलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि दोस्रो हाफको ७० औं मिनेटमा केनले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई २-० को सहज जित दिलाए ।

जितसंगै टोटनह्यामको अन्तिम आठमा पुग्ने सम्भावना बलियो बनाएको छ ।

अब दोस्रो लेग मार्च १८ मा डाइनमो जाग्रेबको घरेलु मैदानमा हुनेछ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi