neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • इंग्लिस प्रिमियर लिग फुटबलमा सिटीको सानदार जित,१४ अंकको अग्रता

इंग्लिस प्रिमियर लिग फुटबलमा सिटीको सानदार जित,१४ अंकको अग्रता

Mar 11th, 2021

आधारभूमि संवाददाता
काठमाडौँ,२७ फागुन

इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको म्यानचेस्टर सिटीले १४ अंकको अग्रता बनाएको छ । बुधबार राति घरेलु मैदानमा भएको खेलमा सिटीले साउथेम्प्टनलाई ५-२ गोलले पराजित गरेको हो ।

सिटीलाई जित दिलाउन केविन डी ब्रुएनले र रियाद महरेजले दुई-दुई गोल गरे भने इल्के गुन्डोगानले एक गोल गरे । साउथेम्प्टनका जेम्स वार्ड-प्रूज र चे एडम्स एक-एक गोल गरे ।

खेलको १५ औं मिनेटमा केविन डी ब्रुएनले गोल गरेपछि सिटीले अग्रता लिएको थियो । २५ औं मिनेटमा साउथेम्प्टनका जेम्स वार्ड-प्रूजले गोल गर्दै खेल बराबरीमा ल्याए ।

खेलको ४० औं मिनेटमा रियाद महरेजले गोल गर्दै सिटीलाई २-१ ले अघि बढाए ।पहिलो हाफको इन्जुरी समयमा इल्के गुन्डोगानले गोल गर्दै सिटीलाई ३-१ ले अघि बढाए ।

दोस्रो हाफको ५५ औं मिनेटमा रियाद महरेजले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई ४-१ ले अघि बढाए ।लगत्तै ५६ औं मिनेटमा साउथेम्प्टनका चे एडम्सले गोल गर्दै ४-२ को स्थितिमा ल्याए ।

त्यसपछि खेलको ५९ औं मिनेटमा केविन डी ब्रुएनले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई ५-२ को सानदार जित दिलाए ।

जितसँगै सिटीले २९ खेलबाट ६८ अंक जोडेको छ र शीर्ष स्थानमा १४ अंकको अग्रता बनाएको छ ।पराजित साउथेम्प्टनको २८ खेलबाट ३३ अंक छ र १४ औं स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi