neapl investment mega bank

नागरिक लगानी कोषद्वारा आर्थिक सहयोग

Mar 11th, 2021

काठमाडौ, फागुुन २७

नागरिक लगानी कोषले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत निः सहाय सेवा सदन जेष्ठ नागरिक आवाश गृहलाई २ लाख ५० हजार रुपैया आर्थिक सहयोग गरेको छ । सो सहयोग रकमको चेक कोषका निमित्त कार्र्यकारी निर्देशक डा. ईन्द्रकुमार कट्टेलले निःसहाय सेवा सदनका उपाध्यक्ष करुणा गोविन्द श्रेष्ठलाई हस्तान्तरण गरेका हुन । सो अवसरमा नि. कार्यकारी निर्देशक डा. कट्टेलले कोषले प्रदान गरेको रकमले वद्ध–बृद्धाहरुलाई बुढेशकालमा आफुलाई आवश्यक पर्ने सामान खरिद गर्न सहयोग पुग्ने बताए । यो भन्दा अघि पनि कोषले संस्थागत सामाजिक उत्तरदायत्वि अन्तर्गत सामाजिक कार्यमा सहयोग पु¥याउदै आएको थियो । कार्यक्रममा कोषका तर्फबाट का.मु निर्देशकद्वय शोभा श्रेष्ठ सुवेदी र हेमन्त पोखरेल, उपनिर्देशक अमृत बहादुर अधिकारी लगायतका पदाधिकारी सहभागी थिए ।

कोषले ३१ औं वार्षिकोत्सवको अवसरमा सो सहयोग गरेको हो । कोषकोे ३१ औ वार्षिकोत्सव आगमी ४ चैतमा रहेको छ । आवाश गृहमा आश्रित बृद्ध–बृद्धाहरुको आर्थिक जीवन यापनमा केही सहयोग पु¥याउने उद्देश्यले खाद्यान्न, लत्ता कपडा लगायतका दैनिक आवश्यक पर्ने सामान खरीदको लागि सो रकम प्रदान गरिएको हो । सहयोग रकमबाट सेवा सदनमा रहेका ३५ जना लाभान्वित हुने अपेक्षा गरिएको छ ।