neapl investment mega bank
  • गृहपृष्ठ
  • जोशीको अवस्था बुझ्न नर्भिक अस्पताल पुगे देउवा

जोशीको अवस्था बुझ्न नर्भिक अस्पताल पुगे देउवा

Mar 10th, 2021

काठमाडौ, फागुन २६

मष्तिष्कघात भई उपचाररत् नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था बुझ्न आज (बुधबार) पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नर्भिक अस्पताल पुुगेकाछन ।
फागुन १४ गते मष्तिष्कघात भई कांग्रेसका युवा नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशी नर्भिक अस्पतालमा भर्ना भएका थिए । उनी अझै कोमामै रहेकाछन । जोशीको स्वास्थ्य अवस्था स्थिर, तर जोखिमपूर्ण रहेको र पछिल्ला केही दिनदेखि अवस्था थप बिग्रिएको खबर आइरहेको बेला पूर्व प्रधानमन्त्री देउवाले थापाथलीस्थित नर्भिक अस्पतालमा गएर जोशीको स्वास्थ्य अवस्थाको विषयमा जानकारी लिएका हुुन ।

देउवाले जोशीको उपचारमा संलग्न स्वास्थ्यकर्मीसँग पछिल्लो अवस्था र उपचारको बिषयमा जानकारी लिएका थिए । देउवाले अस्पतालमै रहेका जोशीकी पत्नी र परिवारजनलाई सान्त्वना समेत दिएका थिए ।

उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुले जोशी अझै कोमामै रहनुभएको, भेन्टिलेटरको सपोर्टमा रहनुभएको विषय जानकारी गराएका थिए । सो क्रममा देउवाले नर्भिक अस्पतालको उपचार पद्धतिको विषयमा समेत खुलेरै प्रशंसा गरेका थिए । उनले जोशीको उपचारमा नर्भिकले अपनाएका उपायहरुको प्रशंसा गर्दै अस्पताललाई धन्यवाद समेत ज्ञापन गरेका थिए । ‘देशमै यो लेभलको उपचार हुनु खुशीको कुरा हो । संक्षिप्त प्रतिक्रिया दिंदै देउवाले भने ।