काठमाडौ, फागुन २५
अन्तर्राष्ट्रिय नारी दिवसको उपलक्ष्यमाकतार एयरवेजले यस कम्पनीको सफलतामा अतुलनीय योगदान पु¥याउने सम्पूर्ण महिला कर्मचारीहरुको कदर गरेको छ । कतार एयरवेजको अलदर्ब कताराइजेशन कार्यक्रम अन्तर्गत ३०० भन्दा बढी कतारी महिलाहरुले हालसम्म कतार एयरवेजसँग कार्यरत हुँदै एयरलाइनको सफलतामा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।
२०१५ मा १०० कतारी महिलाहरुबाट सुरुवात भएको यस कताराइजेशन कार्यक्रमबाट हाल ३०० भन्दा धेरै महत्वाकांक्षी महिलाहरु कार्यरत छन् । कार्यक्रमले उनीहरुलाई विशेष अवसर प्रदानगर्दै महत्वपूर्ण शिक्षा तथा तालिम समेत प्रदान गर्दछ ।