neapl investment mega bank
  • गृहपृष्ठ
  • २ हजार ७ सय १५ को नमूना परीक्षण गर्दा ५९ जनामा कोरोना सङ्क्रमण

२ हजार ७ सय १५ को नमूना परीक्षण गर्दा ५९ जनामा कोरोना सङ्क्रमण

Mar 9th, 2021

आधारभूमि संवाददाता
काठमाडौ, फागुुन २५

मंगलबार थप ५९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा २ हजार ७ सय १५ जनाको नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यो सँगै हालसम्म सङ्क्रमितको सङ्ख्या दुई लाख ७४ हजार ८ सय ६९ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट २ हजार ७ सय १५ जनाको परीक्षण भएको छ । क्वारिन्टिनमा रहेका व्यक्तिहरुको सङ्ख्या ५६ रहेको छ । कोरोना सक्रिय संक्रमितको संख्या ८ सय ७० जना छन् । हालसम्म २१ लाख ९९ हजार ९ सय ५० जनाको पीसीआर परीक्षण गरिएको छ।

थप ६० जना डिस्चार्ज

नेपालमा पछिल्लो २४ घण्टामा ६० जनाले कोरोना जितेका छन् ।

योसँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या दुई लाख ७० हजार ९ सय ८७ पुगेको छ ।नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार १२ पुगेको छ।