neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • शीर्ष स्थानको इन्टर मिलानलाई ६ अंकको अग्रता

शीर्ष स्थानको इन्टर मिलानलाई ६ अंकको अग्रता

Mar 9th, 2021

आधारभूमि संवाददाता
काठमाडौँ,२५ फागुन

इटालियन सिरि ए फुटबलमा शीर्ष स्थानको इन्टर मिलानले ६ अंकको अग्रता बनाएको छ । सोमबार राति घरेलु मैदानमा भएको खेलमा मिलानले एट्लान्टालाई १-० गोलले पराजित गरेको हो ।

मिलानलाई जित दिलाउन मिलान स्क्रिनियारले गरेको गोल नै निर्णायक बन्न पुग्यो । स्क्रिनियारले दोस्रो हाफको ५४ औं मिनेटमा गोल गरेका हुन् ।

जितसँगै मिलानले २६ खेलबाट ६२ अंक जोडेको छ र शीर्ष स्थानमा ६ अंकको अग्रता बनाएको छ ।पराजित एट्लान्टाको २६ खेलबाट ४९ अंक छ र पाँचौं स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi