neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबलको फाइनलमा प्रवेश

बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबलको फाइनलमा प्रवेश

Mar 4th, 2021

आधारभूमि संवाददाता
काठमाडौं, फागुन २०

बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति
घरेलु मैदान क्याम्प नोउमा भएको सेमिफाइनलको दोस्रो लेगमा बार्सिलोनाले सेभियालाई ३-० गोलले पराजित गर्दै समग्रमा ३-२ को जित निकाल्दै फाइनलमा प्रवेश गरेको हो ।

बार्सिलोनालाई जित दिलाउन ओउस्माने डेम्बेले,जेरार्ड पिकाइ र मार्टिन ब्रेथवेटले एक-एक गोल गरे।बार्सिलोनालाई सेभियाले पहिलो लेगमा २-० गोलले पराजित गरेको थियो ।

खेलको १२ औं मिनेटमा ओउस्माने डेम्बेलेले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए ।

दोस्रो हाफको इन्जुरी समयमा सेभियाका फर्नान्डोले रातो कार्ड पाएपछि सेभिया १० खेलाडीमा समेटिएको थियो ।

लगतै इन्जुरी समयको चौंथो मिनेटमा जेरार्ड पिकाइले गोल गर्दै बार्सिलोनालाई २-० को अग्रता दिलाए ।पिकाइले गोल गरेसंगै दुई टोलि बीचको खेल समग्रमा २-२ को अवस्थामा पुगेको थियो
र खेल अतिरिक्त समयमा धकेलिएको थियो ।

अतिरिक्त समयमा मार्टिन ब्रेथवेटले गोल गर्दै बार्सिलोनालाई ३-० को जित दिलाए ।

खेलको १०३ औं मिनेटमा सेभियाका लुक डी जोङले रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि एट्लान्टा ९ खेलाडीमा समेटिएको थियो ।

जितसँगै बार्सिलोनाले सेभियालाई समग्रमा ३-२ ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ ।बार्सिलोनाले अब उपाधिको लागि एथ्लेटिक बिल्बाओ र लेभान्टेबीचको विजेतासँग खेल्नेछ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi