neapl investment mega bank

शीर्ष स्थानको सिटीलाई १५ अंकको अग्रता

Mar 3rd, 2021

आधारभूमि संवाददाता
काठमाडौँ,१९ फागुन

इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको म्यानचेस्टर सिटीले १५ अंकको अग्रता बनाएको छ । मंगलबार राति घरेलु मैदानमा भएको खेलमा सिटीले उल्भ्सलाई ४-१ गोलले पराजित गरेको हो ।

सिटीलाई जित दिलाउन गेब्रियल जिससले दुई र रियाद महरेजले एक गोल गरे।सिटीले एक गोल आत्मघाती उपहार पाएको थियो ।

खेलको १५ औं मिनेटमा उल्भ्सका लियान्डर डेंडनकरले आत्मघाती गोल गरेपछि सिटीले अग्रता लिएको थियो ।

दोस्रो हाफको ६१ औं मिनेटमा उल्भ्सका कोनर कोअद्यले गोल गर्दै खेल बराबरीमा ल्याए ।

खेलको ८० औं मिनेटमा गेब्रियल जिससले गोल गर्दै सिटीलाई २-१ ले अघि बढाए।९० औं मिनेटमा रियाद महरेजले गोल गर्दै सिटीलाई ३-१ ले अघि बढाए।त्यसपछि इन्जुरि समयमा गेब्रियल जिससले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई ४-१ को जित दिलाए ।

जितसँगै सिटीले २७ खेलबाट ६५ अंक जोडेको छ र शीर्ष स्थानमा १५ अंकको अग्रता बनाएको छ ।पराजित उल्भ्सको २७ खेलबाट ३४ अंक छ र १२ औं स्थानमा छ ।