आधारभूमि संवाददाता
काठमाडौँ,१९ फागुन
इटालियन सिरी (ए) फुटबलमा युभेन्ट्सले सानदार जित निकालेको छ । मंगलबार राति युभेन्ट्सको घरेलु मैदानमा भएको खेलमा युभेन्ट्सले स्पेजियालाई ३-० गोलले पराजित गरेको हो ।
युभेन्ट्सलाई जित दिलाउन क्रिस्टियानो रोनाल्डो,एल्वारो मोराटा र फेडरिको चिएसाले एक-एक गोल गरे ।
खेलको ६२ औं मिनेटमा एल्वारो मोराटाले गोल गर्दै युभेन्ट्सलाई सुरुवाती अग्रता दिलाएका थिए।७१ औं मिनेटमा फेडरिको चिएसाले गोल गर्दै टोलीको अग्रता दोब्बर पारे ।
त्यसपछि खेलको ८९ औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै टोलीलाई ३-० को सानदार जित दिलाए । सो गोलसँगै क्रिस्टियानो रोनाल्डोले सिजनको २० औं गोल पुरा गरेका छन् र ६०० औं लिग खेल समेत पूरा गरेका छन् ।
जितसंगै युभेन्ट्सले २४ खेलबाट ४९ अंक जोडेको छ र तेस्रो स्थानमा छ । पराजित स्पेजियाको २५ खेलबाट २५ अंक छ र १५ औं स्थानमा छ ।