neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

बराबरीमा रोकियो रियल मड्रिड

Mar 2nd, 2021

आधारभूमि संवाददाता
काठमाडौ, फागुुन १८


स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा रियल मड्रिडले रियल सोसिडाडसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।

खेलमा रियल मड्रिडको लागि भिनिसियस जुनियरले एक गोल गरे भने सोसिडाडको लागि पोर्टुले एक गोल गरे ।

खेलमा पहिलो अग्रता भने सोसिडाडलेनै लिएको थियो। खेलको ५५ औं मिनेटमा पोर्टुले गोल गर्दे टोलीलाई अग्रता दिलाएका थिए। तर, ८९ औं मिनेटमा रियल मड्रिडका भिनिसियस जुनियरले गोल गर्दै खेल बराबरीमा फर्काए र टोलीलाई हारबाट जोगाए ।

बराबरी सँगै रियलले २५ खेलबाट ५३ अंक जोडेको छ र तेस्रो स्थानमा छ।रियल सोसिडाडको २५ खेलबाट ४२ अंक छ र पाँचौं स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi