neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • प्रिमियर लिग फुटबलमा लिभरपुलको सहज जित

प्रिमियर लिग फुटबलमा लिभरपुलको सहज जित

Mar 1st, 2021

आधारभूमि संवाददाता
काठमाडौ, फागुुन १७


इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा लिभरपुलले सेफिल्ड युनाईटेडलाई उसकै घरेलु मैदानमा २-० गोलले पराजित गरेको हो ।

लिभरपुललाई जित दिलाउन कर्टिस जोन्सले एक गोल गरे । लिभरपुलले एक गोल आत्मघाती उपहार पाएको थियो ।

खेलको ४८ औं मिनेटमा कर्टिस जोन्सले गोल गर्दै लिभरपुललाई सुरुवाती अग्रता दिलाएका थिए। ६४ औँ मिनेटमा सेफिल्ड युनाईटेडका केन ब्रायनले आत्मघाती गोल गरेपछि लिभरपुल २-० ले अघि बढ्यो।त्यसपछि बाकी समयमा कुनै गोल हुन सकेन र लिभरपुलले जित निकालेको हो ।

जितसँगै लिभरपुलले २६ खेलबाट ४३ अंक जोडेको छ र छैटौं स्थानमा उक्लिएको छ । पराजित सेफिल्ड युनाईटेडको ११ अंक छ र पुछारमा स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi