neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • पीएसजीको फराकिलो जित , एमबाप्पे गरे दुई गोल

पीएसजीको फराकिलो जित , एमबाप्पे गरे दुई गोल

Feb 28th, 2021

आधारभूमि संवाददाता
काठमाडौ, फागुुन १६


पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा फराकिलो जित निकालेको छ ।शनिबार राति भएको खेलमा पीएसजीले डिजोनलाई उसकै घरेलु मैदानमा ४-० गोलले पराजित गरेको हो ।

पीएसजीलाई जित दिलाउन केलियन एमबाप्पेले दुई , मोइस किन र डेनिलो पेरेराले एक-एक गोल गरे । पीएसजीले दुई गोल पहिलो हाफमा र दुई गोल दोस्रो हाफमा गरेको हो ।

खेलको छैटौं मिनेटमा मोइस किनले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। ३१ औं मिनेटमा केलियन एमबाप्पेले गोल गर्दै टोलीको अग्रता दोब्बर पारे ।

दोस्रो हाफको ५१ औं मिनेटमा केलियन एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ३-० ले अघि बढाए।त्यसपछि ८२ औं मिनेटमा डेनिलो पेरेराले गोल गर्दै टोलीलाई ४-० को शानदार जित दिलाए ।

जितसँगै पीएसजीले २७ खेलबाट ५७ अंक जोडेको छ र दोस्रो स्थानमा उक्लिएको छ । पराजित डिजोनको १५ अंक सहित पुछारमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi