neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • इटालियन सिरि ‘ए’ : युभेन्ट्स भेरोनासँग बराबरीमा रोकियो

इटालियन सिरि ‘ए’ : युभेन्ट्स भेरोनासँग बराबरीमा रोकियो

Feb 28th, 2021

आधारभूमि संवाददाता
काठमाडौ, फागुुन १६


इटालियन सिरि ‘ए’ फुटबलमा युभेन्ट्स भेरोनासँग बराबरीमा रोकिएको छ ।शनिबार राति भएको खेलमा युभेन्ट्सलाई भेरोनाले १-१ गोलको बराबरीमा रोकेको हो ।

खेलमा युभेन्ट्सको लागि क्रिस्टियानो रोनाल्डोले एक गोल गरे भने भेरोनाको लागि एन्टोनिन बाराकले एक गोल गरेका थिए।

खेलमा पहिलो अग्रता युभेन्ट्सले लिएको थियो । खेलको ४९ औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै युभेन्ट्सलाई सुरुवाती अग्रता दिलाएका थिए।

तर, ७७ औं मिनेटमा भेरोनाका एन्टोनिन बाराकले गोल गर्दै खेल बराबरीमा फर्काए र टोलीलाई हारबाट जोगाए ।

बराबरीसँगै युभेन्ट्सले २३ खेलबाट ४६ अंक जोडेको छ र तेस्रो स्थानमा छ। भेरोनाको २४ खेलबाट ३५ अंक छ र नवौं स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi