neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • बार्सिलोना स्पेनिस ला लिगा फुटबलको दोस्रो स्थानमा

बार्सिलोना स्पेनिस ला लिगा फुटबलको दोस्रो स्थानमा

Feb 27th, 2021

आधारभूमि संवाददाता
काठमाडौ, फागुुन १५

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सहज जित निकालेको छ ।शनिबार सम्पन्न भएको खेलमा बार्सिलोनाले सेभियालाई उसकै घरेलु मैदानमा २-० गोलले पराजित गरेको हो ।

बार्सिलोनालाई जित दिलाउन लियोनल मेस्सी र ओउस्माने डेम्बेलेले एक-एक गोल गरे।

खेलको २९ औं मिनेटमा ओउस्माने डेम्बेलेले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको ८५ औँ मिनेटमा लियोनल मेस्सीले गोल गर्दै टोलीलाई २-० को जित दिलाए ।

जितसंगै बार्सिलोनाले २५ खेलबाट ५३ अंक जोडेको छ र दोस्रो स्थानमा उक्लिएको छ । शीर्ष स्थानको एट्लेटिको मड्रिडको २३ खेलबाट ५५ अंक छ । पराजित सेभियाको २४ खेलबाट ४८ अंक छ र चौंथो स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi