neapl investment mega bank
  • गृहपृष्ठ
  • दलहरुबीच समझदारी हुन्छ:सभामुख सापकोटा

दलहरुबीच समझदारी हुन्छ:सभामुख सापकोटा

Feb 27th, 2021

चितवन, १५ फागुन /रासस

सभामुख अग्निप्रसाद सापकोटाले संसद् पुनःस्थापना भएसँगै दलहरुबीच सहमति हुने विश्वास व्यक्त गर्नुभएको छ । आज यहाँ पत्रकारहरुसँग कुराकानीमा उहाँले संसद् नियमित चल्ने बताउनुभयो ।

संसद्को आह्वानका लागि सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरिसकेको भन्दै उहाँले अब पहिले जसरी नै संसद् चल्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “पहिले जसरी संसद् चलेको थियो । त्यही अनुसार संसद् चल्छ । अब दलहरुबीच छलफल र समझदारी हुन्छ ।”

राष्ट्रपतिबाट संसद् आह्वान भएसँगै कार्यव्यवस्था समितिको बैठकबाट परामर्श गरी पुरानै तवरले संसद् पुनः सञ्चालन गर्ने उहाँको भनाइ छ । राजनैतिक दलको विवादले संसदीय प्रक्रियालाई कुनै असर नगर्ने उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “मैले सहजीकरण गर्ने छु । राजनैतिक दलको विवादले संसदीय प्रक्रिया रोकिँदैन ।” संसद् विघटनको समयमा भएका नियुक्तिका विषयमा अदालतमा बहस भइरहेको विषयमा अहिले टीकाटिप्पणी गर्नु उचित नहुने उहाँले बताउनुभयो ।