काठमाडौ, फागुन १४
प्रोग्रेशिभ फाइनान्स लिमिटेडले आफ्नो कारोबार सुभारम्भको २५ औं वर्ष पुरागरि २६ औं बर्षमा प्रवेश गरेको छ । बार्षिकोत्सवका अवसरमा फाइनान्सले आफ्नो सेवा तथा सुविधा विगतमा भन्दा थप परिष्कृत र परिमार्जित गर्दै सेवामा विविधीकरण गर्ने र लगानीको क्षेत्र पहिचान गरी कार्यक्षेत्र विस्तारमा ध्यान दिइने जनाएको छ । लगानीलाई आकर्षक प्रतिफल प्रदान गर्न विविध क्षेत्रहरुमा समेत सहकार्य गर्दै लगानी विस्तार गर्ने तथा देशव्यापीरुपमा बैंकिङ्ग पहुुँचबाट बन्चित रहेका निम्न तथा मध्यम वर्गिय परिवार समक्ष् ावित्तीय सेवा पु¥याउने उद्देश्यका साथ फाइनान्स अघि बढेको प्रमुख कार्यकारी अधिकृत विशाल हुमागाईंले बताए ।
बिसं २०७६ बैसाख १५ गते नेपाल राष्ट्र बैंकबाट राष्ट्रिय स्तरको वित्त कम्पनीलाई निर्धारण भएको चुुक्ता पूूँजी ८० करोड पु¥याए पश्चात संस्थाले नयाँ गति लिएको हो । आधुनिक प्रविधियुक्त बैंकिङ, शाखा सञ्जाल विस्तार, व्यवसायिक क्षमता अभिवृद्धि जस्ता कारणहरुले यस प्रोग्रेशिभ फाइनान्सले आफ्नो वित्तीय स्वास्थ्य सुधार गरिरहेको बैकका अध्यक्ष् ाकिशोर कुमार महर्जनले जानकारी दिए ।
फाइनान्सले हालसम्म १० वटा शाखा कार्यालय तथा ४ वटा एक्सटेन्सन कार्यालयहरुबाट आधुुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको र अन्य ४ वटा शाखाहरु बिस्तारको अन्तिम चरणमा रहेको प्रमुख कार्यकारी अधिकृत हुमागाईंले जानकारी दिए ।