neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाको सानदार जित, मेस्सीले गरे दुई गोल

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाको सानदार जित, मेस्सीले गरे दुई गोल

Feb 25th, 2021

आधारभूमि संवाददाता
काठमाडौ, फागुुन १३

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सानदार जित निकालेको छ ।बुधबार राति घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले एल्चलाई ३-० गोलले पराजित गरेको हो ।

बार्सिलोनालाई जित दिलाउन लियोनल मेस्सीले दुई गोल र जोर्डि अल्बाले एक गोल गरे।

खेलको ४८ औं मिनेटमा लियोनल मेस्सीले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए ।६८ औँ मिनेटमा लियोनल मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर पारे ।

त्यसपछि खेलको ७३ औँ मिनेटमा जोर्डि अल्बाले गोल गर्दै बार्सिलोनालाई ३-० को जित दिलाए ।

जितसंगै बार्सिलोनाले २४ खेलबाट ५० अंक जोडेको छ र तेस्रो स्थानमा उक्लिएको छ । शीर्ष स्थानको एट्लेटिको मड्रिडको २३ खेलबाट ५५ अंक छ । पराजित एल्चको २१ अंक छ र १९ औँ स्थानमा छ ।


aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi