neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • इटालियन सिरी ‘ए’ फुटबलमा युभेन्ट्सको सानदार जित,रोनाल्डोले गरे दुई गोल

इटालियन सिरी ‘ए’ फुटबलमा युभेन्ट्सको सानदार जित,रोनाल्डोले गरे दुई गोल

Feb 23rd, 2021

आधारभूमि संवाददाता
काठमाडौँ,११ फागुन


इटालियन सिरी (ए) फुटबलमा युभेन्ट्सले सानदार जित निकालेको छ । सोमबार राति युभेन्ट्सको घरेलु मैदानमा भएको खेलमा युभेन्ट्सले क्रोटोनलाई ३-० गोलले पराजित गरेको हो ।

युभेन्ट्सलाई जित दिलाउन क्रिस्टियानो रोनाल्डोले दुई र वेस्टन म्याकेनीले एक गोल गरे ।

खेलको ३८ औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै युभेन्ट्सलाई सुरुवाती अग्रता दिलाएका थिए।पहिलो हाफको इन्जुरी समयमा क्रिस्टियानो रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर पारे ।

त्यसपछि दोस्रो हाफको ६६ औं मिनेटमा वेस्टन म्याकेनीले गोल गर्दै टोलीलाई ३-० को सानदार जित दिलाए ।

जितसंगै युभेन्ट्सले २२ खेलबाट ४५ अंक जोडेको छ र तेस्रो स्थानमा उक्लिएको छ । पराजित क्रोटोनको २३ खेलबाट १२ अंक छ र पुछारमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi