काठमाडौ, फागुुन १०
मनोरञ्जन तथा सत्कार सेवामा कार्यरत श्रमिकहरुको राष्ट्रिय भेलाद्वारा पारित काठमाडौ घोषणापत्र २०७७ सार्वजनिक भएको छ । मनोरञ्जन क्षेत्र रोजगारीका लागि युवाहरूको आकर्षणको थलोको रुपमादिनप्रतिदिन बढदै गइरहेको छ । यस क्षेत्रमा हजारौ युवा आबद्ध भएर जिविकोपार्जन गरिरहेका छन भने अर्कातिर आफनो कला र सस्ंकृतिलाईजगेर्ना गर्दै आन्तरिक तथाबाह्यपर्यटन समेत आकर्षित गरेर देशको अर्थतन्त्रलाई टेवा पुर्¥याई रहेको छ । यसका साथै यस श्रेत्रमा रहेको श्रम तथा यौन शोषण, मानव बेचबिखन तथा यसको उच्च जोखिम तथा यस प्रतिको नकरात्मक दृष्टिकोण तथा व्यवहारले यस क्षेत्रलाई व्यवस्थित तथा मर्यादित बनाई श्रमिक अधिकारको सुनिश्चितता गर्न अत्यन्त आवश्यक रहेको छ ।
यसै उद्देश्यका साथ विश्वास नेपालले यूस एड, यूके एड र विनरक इन्टरनेसन“हाम्रो सम्मान परियोजना” को सहयोगमा यस क्षेत्रमा कार्यरत श्रमिकहरू, सम्बन्धित सरकारी निकाय, संघसंस्था, निजी क्षेत्र, ट्रेड युनियन, आयोगहरूतथा संचार माध्यमको सहभागितामा “मनोरञ्जन तथा सत्कार क्षेत्रमाकार्यरत श्रमिकहरुको राष्ट्रिय भेला” काठमाडौंमा सम्पन्नगरेको छ । भेलाबाट सातै प्रदेशका मनोरञ्जन तथा सत्कार सेवाकाश्रमिकहरुको सहभागितामा राष्ट्रिय संजाल गठनगरिएको छ ।
संजालको उद्देश्य यस क्षेत्रमाकार्यरत श्रमिकहरुलाई संगठित गर्देयस क्षेत्रलाई व्यवस्थित, मर्यादित र सम्मानजनकरुपमा स्थापित गर्ने रहेको छ । साथै यस क्षेत्रमा हुने हिंसा, शोषण,दुव्र्यवहार,मानव बेचबिखन रत्यसको जोखिमलाई अन्त्यका साथै श्रमिकको अधिकारको प्रत्याभुति गर्नु रहेको छ ।
भेलाम्ाँ बागमती, लुम्बिनीर सुदुर पश्चिमप्रदेश अन्तर्गतका काठमाडौं, नुवाकोट, सिन्धुपाल्चोक, मकवानपुर, रुपन्देहि, कपिलबस्तु, बँंके, बर्दिया, कैलाली र कञ्चनपुर जिल्लाहरूलगायत विभिन्न जिल्लाहरूकाश्रमिकहरु सहित सञ्जालगठनगरिएको छ । भेलामा यस क्षेत्रमा कार्यरत १०५ जनाश्रमिक सहभागिता रहेको छ ।कार्यक्रम श्रमिकहरूसंगको बन्दसत्र गरि दुई दिनमा दुई चरणमा सम्पन्न भएको छ ।