neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

खोला मिचेर प्लटिङ्ग

Feb 22nd, 2021

आधारभूमि संवाददाता

काठमाडौ, फागुुन १०

महालक्ष्मी नगरपालिका वडा नं.७ मा गोदावरी खोला मिचेर धमाधम प्लटिङ्ग गर्ने काम अत्यधिक बढेको पाइएको छ । सरकारले व्यवस्थित प्लटिङ्ग अवधारणा ल्याए पनि कुनै पालना नगरी खेती योग्य जमिन मासी प्लटिङ्ग गर्ने गरेको पाइएको छ ।

खोलाको कोरिडोरको मापदण्ड समेत मिचेर प्लटिङ्ग धमाधम भईरहेको र बाटोका मापदण्ड २० फिट हुनुपर्ने मा १३ फिट मात्र रहेको बुझिएको छ । धमाधम खोला मिचेर प्लटिङ्ग हुदा पनि स्थानीय सरकार मौन रहेको त्यस विषयमा नगरपालिका वडा ७ का वडा अध्यक्ष नकुल थापा संग बुझ्दा आफुलाई थाहा नभएको बताए । महालक्ष्मी नगरपालिकामा अन्य ठाउँमा पनि अत्यधिक प्लटिङ्ग गरेको पाइएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi