काठमाडौं, १ मंसिर
अल फर्डान एक्सचेन्ज एलएलसी र जि.एम.इ रेमिटप्रा.लि बिच विप्रेषण सम्बन्धि सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा जि.एम.इ रेमिटको तर्फबाट प्रबन्ध निर्देशक दिवाकर पौडेल र अल फर्डान एक्सचेन्ज एलएलसीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत ओसामाअल रहमाले हस्ताक्षर गरेका छन् ।
सम्झौता पश्चात यही कात्तिक २७ गतेदेखि अल फर्डान एक्सचेन्ज एलएलसी मार्फत युुएई बाट पठाएको रकमजि.एम.इ रेमिट को ७००० भन्दा बढी एजेन्ट मार्फत भुक्तानी लिन सकिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार, हाल जि.एम.इ रेमिटले दक्षिण कोरिया, अमेरिका, यू.के, मलेसिया, जापान लगायत खाडी मुलुकहरुबाट रेमिट्यान्स कारोबार गर्दै आएको छ ।