neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • फोर्थ हल अफ दी फ्रेम खुला फुटसलको उपाधि सूर्य फुटसलको पोल्टामा

फोर्थ हल अफ दी फ्रेम खुला फुटसलको उपाधि सूर्य फुटसलको पोल्टामा

Feb 22nd, 2021

भक्तपुर, फागुुन १०

फोर्थ हल अफ दी फ्रेम खुला फुटसलको उपाधि सूर्य फुटसलको पोल्टामा परेको छ । ख्वप फुटसल प्रालिको आयोजनामा आइतबार भएको फाइनल खेलमा वी प्लेलाई दुई शुन्यले पराजित गरी उपाधि आफनो पोल्टामा पार्न सूर्य फुटसल सफल भएको हो । शनिबार र आइतबार दुई दिन भएको प्रतियोगितामा २२ वटा टिमहरुले सहभागिता जनाएका थिए ।

प्रतियोगितामा प्रथम हुने सूर्य फुटसललाई नगद रु ५० हजार र दोश्रो हुने वी प्लेलाई २० हजार नगदसहित प्रमाणपत्र वितरण गरियो । कार्यक्रममा वर्ष उत्कृष्ट खेलाडीद्धय मण्डेकाजी श्रेष्ठ र काजोल श्रेष्ठ, लेजेष्ट प्लेयर मिलन हाडा र वर्ष उत्कृष्ट खेल अनलाइन खेलपाटी डटकमलाई सम्मान गरियो ।

कार्यक्रमलाई यो फुटसल सुरु भएदेखि प्रत्यके वर्ष आर्थिक सहयोग गर्दै आएको निर्माण सामाग्री कम्पनी गोर्खा इको प्यानलले यसपटक पनि सहयोग गरेको थियो । कम्पनीले यस पटक पनि आर्थिक तथा भौतिक सहयोग गरेको थियो । समापन तथा पुरस्तकार वितरण कार्यक्रममा सहयोग गर्दै आएको गोर्खा इको प्यानलका महाप्रबन्धक इन्जिनियर जीवन खाइतूले उत्कृटहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए । आफूहरुले खेलको विकासका लागि प्रत्येक वर्ष प्रतियोगितामा प्रायोजक भई सहयोग गर्दै आएको त्यस अवसरमा उनले बताए ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi