neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • मध्यपुरको निगु पुखुमा २६ खेलाडीलाई ‘एनएनआईपीए स्पोर्टस अवार्ड’बाट सम्मान

मध्यपुरको निगु पुखुमा २६ खेलाडीलाई ‘एनएनआईपीए स्पोर्टस अवार्ड’बाट सम्मान

Feb 21st, 2021

भक्तपुर, ९ फागुन /रासस

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घले १३औं दक्षिण एशियाली खेलकुद सागमा पदक विजेतासहित २६ जना खेलाडीलाई १५औँ संस्करणको ‘एनएनआईपीए अवार्ड’बाट आज सम्मान गरिएको छ ।

मध्यपुरथिमि नगरपालिका–४ निगु पुखु ९दुृई पोखरी० मा आज मध्यपुरथिमि नगरपालिका स्थानीय आयोजक रहेको अवार्ड वितरण कार्यक्रममा अघिल्लो वर्षभर गरेको प्रदर्शनको आधारमा सम्बन्धित राष्ट्रिय खेल सङ्घले गरेको सिफारिसका आधारमा वर्षका उत्कृष्ट महिला र पुरुष सर्वोत्कृष्ट खेलाडी, प्रतिभावान र राइजिङ प्लेयर अफदिइयर घोषणा गरी सम्मान गरिएको हो ।

कार्यक्रममा खेलाडीलाई मध्यपुरथिमि नगरपालिका प्रमुख मदनसुन्दर श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद् ९राखेप०का सदस्य सचिव रमेश सिलवाल, नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्र श्रेष्ठलगायतले पुरस्कार प्रदान गर्नुभएको छ ।

त्यस अवसरमा पौडीकी गौरिका सिंह र करातेका मण्डेकाजी श्रेष्ठले नगद रु एक–एक लाख ग्लोबल आईएमई बेस्ट प्लेयर अवार्ड हातपारेका छन् । गल्फका सुवास तामाङ र महिलातर्फ कुस्तीकी संगिता धामीलाई नगद रु ५० हजार सहित उदयमान खेलाडीको अवार्ड प्रदानगरिएको छ । नगद रु ५० हजारसहित तेक्वान्दोकी आयशा शाक्य र फुटबलर सुजल श्रेष्ठलाई प्रतिभावान खेलाडीको अवार्ड प्रदान गरिएको छ ।

नगद रु १० हजारसहित एनएनआईपीए स्पोर्टस अवार्डबाट आर्चरीतर्फ सनातन मल्ल, एथलेटिक्सतर्फ सन्तोषी श्रेष्ठ, ब्याडमिन्टनतर्फ रत्नजीत तामाङ्, बास्केटबलतर्फ अनुसामल्ल, बक्सिङतर्फ मिनु गुरुङ, क्रिकेटतर्फ अन्जलीचन्द, साइक्लिङतर्फ बुद्धिबहादुर तामाङ्, फेन्सिङ्तर्फ रविनाथापालाई सम्मान गरिएको छ । त्यस्तै फुटबलतर्फ सुजलश्रेष्ठ, गल्फतर्फ सुवास तामाङ्, ह्याण्ड बलतर्फ कल्पनावली, जुडोतर्फ देविका खड्का, कबड्डीतर्फ मेनुका कुमारी राजवंशी, करातेतर्फ मण्डेकाजी श्रेष्ठ, खोखोतर्फ श्याम बुढाथोकी, लन टेनिसतर्फ प्रदीप खड्का, सुटिङतर्फ कल्पना परियार, स्वीमिङतर्फ गौरिका सिंहलाई सम्मान गरिएको छ ।

कार्यक्रममा टेबलटेनिसतर्फ पुरुषोत्तम बज्राचार्य, स्क्वासतर्फ विपनब्लोन, तेक्वान्दोतर्फ आइशा शाक्य, ट्राइथलनतर्फ सोनी गुरुङ, भलिबलतर्फ कुलबहादुर थापा, वेट लिफ्टिङ्तर्फ विकास थापा, कुस्तीतर्फ संगीताधामी, उसुतर्फ जुनी राई, पारा टेबल टेनिस केशब थापालाई ए सम्मान गरिएको छ । त्यस्तै उत्कृष्ट पत्रकारिता पुरस्कारबाट रोशन राउत र अकबर साहलाई कराते प्रशिक्षक गजराज जोशी आदर्श अवार्डबाट सम्मानित भएको छ ।

१६औँ संस्करणको यो अवार्ड गोदावरी नगरपालिकाले आयोजना गर्ने कार्यक्रम मागोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले घोषणा गर्नुभयो ।

कार्यक्रममा मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले राष्ट्रिय अन्तरराष्ट्रिय खेलाडी जन्माउने अभियानसहित खेल र खेलाडीको विकासमा लागेको मध्यपुरमा कार्यक्रम आयोजना गर्दा यहाँका खेलाडीलाई हौसला मिलेको बताउनुभयो ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi