neapl investment mega bank
  • गृहपृष्ठ
  • सम्पुर्ण स्वतनत्रता नेपालको शान्तिपुर्ण प्रदर्शन

सम्पुर्ण स्वतनत्रता नेपालको शान्तिपुर्ण प्रदर्शन

Feb 20th, 2021

आधारभूमि संवाददाता
काठमाडौँ ,८ फागुन

१४ औं विश्व सामाजिक न्याय दिवश २०२१ को सन्दर्भ पारेर नेपालमा पनि सम्पुर्ण स्वतन्त्रता नेपालले आज माइतीघर मण्डलामा १ घण्टा शान्तिपुर्ण प्रदर्शन गरेको छ ।

प्रदर्शनमा निलहिरा समाज नेपाल, महिला सुरक्षा दवाव समूह लगायत १८ संस्थाको सहभागित जनाएका थिए । प्रदर्शनमा सहभागीले सेता प्लेकार्डमा प्रतिगमन मुर्दावाद, महिला, हत्या हिंसा बन्द गर, अपांग हक सुनिश्चितता गर, संविधानको रक्षा गर, भ्रष्टाचार विरुध्द शुन्य सहनशिलता कायम गर, आदिवासी जनजाती अधिकारको संसक्षण गर, जस्ता नारा लगाएका थिए ।